विमला वली प्रकरण : लफडाकाे प्रमुख कारण पैसा

फाइल तस्विर
फाइल तस्विर

लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमला वली (खत्री) प्रकरणमा पैसाको कारोबार देखिएको छ।

जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेको घटनामा पैसाको कारोबार देखिएको छानविन समितिका संयोजक तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए।

तत्कालीन राज्यमन्त्री वलीको घटनाका बारेमा छानविन गर्न बनेको समितिले आज (शनिबार) मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको प्रतिवेदनमा ६ लाख २० हजार रुपैयाँ लिनुपर्ने देखिएको उल्लेख छ। उक्त पैसा लिनका लागि एकराजले घरमा बोलाएको र घरमा पुग्दा उनकी श्रीमती र छोरीसँग वलीको भेट हुँदा उनी आवेगमा आएकाले घटना भएको छानविन समितिका संयोगक मन्त्री शर्माले जानकारी दिए।

'घरमा मन्त्रीलाई बोलाइएको देखिन्छ, त्यसपछि एकराज नभएको र उनकी श्रीमती र छोरीसँग भेट हुँदा राज्यमन्त्री आवेगमा आएर घटना भएको देखिन्छ,' उनले भने। मन्त्री शर्माले घटना सुनियोजित जस्तो पनि देखिने बिएल नेपाली सेवासँगको कुराकानीमा बताए।

राज्यमन्त्री वलीलेको घटनाका बारेमा छानविन गर्न सञ्चारमन्त्री शर्माको संजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। जसको सदस्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी रहेका थिए।

वली दाङ क्षेत्र ३ (ख)बाट तत्तकालीन नेकपाबाट प्रदेश सदस्यमा निर्वाचित भएकी थिइन। घटनामा मुछिएपछि उनले हाल मन्त्री पदबाट राजिनामा दिइसकेकी छन्।

प्रकाशित मिति: : 2022-07-02 18:58:00

प्रतिकृया दिनुहोस्