स्वस्थ कथाको आयु मानिसको भन्दा कैयौँ गुना धेरै हुन्छ

बाह्रखरी

काठमाडौं

बाह्रखरी मिडियाले विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिताको आयोजना गर्दै आएको छ । बाह्रखरी कथाको चौथो संस्करण तयारीको अवस्थामा छ । कथा लेखनमा रुचि राख्नेहरूलाई सहयोग पुगोस् भन्ने हेतुले बाह्रखरी कथाका पूर्वनिर्णायकहरूसँग कुराकारी गरेका छौँ । प्रस्तुत छ, बाह्रखरी कथा प्रतियोगिताको दोस्रो संस्करणका निर्णायकमण्डलका सदस्य तथा चर्चित आख्यानकार अमर न्यौपानेसँगको अन्तर्वार्ता :

कथा के हो ? यसको रूप कस्तो हुनुपर्छ ?
मानिसको जीवन र ध्यानले जन्माउने जीवित शब्दहरूको खेल, जहाँ एउटा विचित्र घटना अनुभूतिको रसले भरिएको हुन्छ— कथा त्यही हो । जहाँसम्म रूपको कुरा छ, कथाको रूप यस्तै हुनुपर्छ भन्ने छैन, जसरी मानिसको रूप यस्तै हुनपर्छ भन्ने छैन । संसारमा प्रत्येक मानिस फरक छन् । अब जन्मिने अरबौँ मानिसको रूप अहिले भएकाहरूको जस्तो हुने छैन ।

प्रकाशित मिति: : 2022-07-02 17:32:00

प्रतिकृया दिनुहोस्