युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने  बाइडेनको घोषणा

Photo by Brendan Smialowski / AFP
Photo by Brendan Smialowski / AFP

अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन्। नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन्।

म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने,‘नेटोलाई प्रत्येक क्षेत्र – जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ।’

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चार बाट ६ पुर्‍याउने उनले बताएका छन्।

त्यस्तै, पाँचौँं आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने उनले जानकारी दिए। अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ।

एजेन्सी

प्रकाशित मिति: : 2022-06-30 08:51:00

प्रतिकृया दिनुहोस्