प्रचण्डलाई घनश्यामको जवाफ–एमालेमा रोपेको बिउ उम्रिँदैन

File photo
File photo

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ दिएका छन्।

कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उनले माओवादीको बिउ नचाहिन भन्दै प्रचण्डलाई जवाफ दिएका हुन्।

प्रचण्डले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने अभिव्यक्ति दिएपछि भुसालले उनले भने ‘आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ, हामीले एमालेमा बिउ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ। तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ अब यी बिउहरू उम्रिँदैन।’


 

प्रकाशित मिति: : 2022-06-29 14:02:00

प्रतिकृया दिनुहोस्