‘अनि मैले आँसु थाम्न सकिनँ’

सेतोपाटी

सीताराम कोइराला

गत शुक्रबार महिला राष्ट्रिय टिमकी बलर अश्मिना कर्माचार्यले आफूलाई सम्हाल्न सकिनन्। प्रशिक्षक जगत टमाटाका अघि आएर अश्मिताले आँसु झारेको तस्बिरले जो-कोही खेलप्रेमीलाई भावुक बनाउँछ। 

करिअरकै उत्कृष्ट बलिङ गरेकी खुसीभन्दा उनी धेरै दु:खी भइन्।

मलेसियाको किनरारा ओभलमा एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत युएईविरूद्धको सेमिफाइनलमा अश्मिनाले करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा पाँच विकेट लिएकी थिइन्। ३.५ ओभरमा १० रन खर्चिएकी अश्मिनाको उत्कृष्ट बलिङसँगै नेपालले बलियो युएईलाई ८१ रनमै अलआउट गरेको थियो। 

प्रकाशित मिति: : 2022-06-29 13:47:00

प्रतिकृया दिनुहोस्