प्रेम आलेले बनाए मन्त्रीकाे छुट्टै 'सूची', परेनन् मेटमणि चाैधरी

एकीकृत समाजवादीका शक्तिशाली नेता तथा पर्यटन मन्त्री प्रेम आलेले नयाँ मन्त्रीहरूको सूची समावेशी भएकाे भन्दै अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसालकाे चर्काे आलाेचना गरेका छन्।

मन्त्री आलेले अध्यक्ष नेपालकाे प्रस्तावमाथि फरक मत राख्दै बेग्लै सूची तयार पारेका छन्। यसअघि मन्त्री पदमा पार्टीले तयार पारेको सूचीभन्दा फरक नाम प्रस्ताव गरेकाे एकीकृत समाजवादीकी एक केन्द्रीय सदस्यले बताइन्।

स्राेतका अनुसार मन्त्री आलेले आफ्नाे ठाउँमा डडेलधुराकी सांसद निरा जैरु र डोल्पाका धनबहादुर बुढाकाे नाम पेस गरेका छन्। साथै, ललितपुरका कृष्णलाल श्रेष्ठ, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउन माग राखेका छन्।

अध्यक्ष नेपालले हालका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्री बनाउन चाहन्छन्। नेकपा (एस)ले नेता जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2022-06-25 18:50:00

प्रतिकृया दिनुहोस्