काठमाडौंको चुनावी जोडघटाउ : स्वतन्त्रले ‘थ्रेट’ बढाउँदा कसलाई अगाडि सार्दैछन् ठूला दल ?

लोकान्तर

काठमाडौं

आसन्न संघीय चुनावलाई लक्षित गरेर धमाधम स्वतन्त्र उम्मेदवारी घोषणाले ठूला राजनीतिक दलभित्र परकम्प सिर्जना गरिरहेको छ । स्थानीय चुनावमा जीतको आकलन नै नगरेका व्यक्तिले चमत्कारिक नतिजा निकालेको र संघीय चुनावमा पनि स्वतन्त्र उम्मेदवारको लहर आएपछि दलहरूले आगामी चुनावको उम्मेदवारबारे औपचारिक/अनौपचारिक छलफल थालेका छन् । 

मुख्यगरी, काठमाडौंका निर्वाचन क्षेत्रलाई लक्षित गरेर स्वतन्त्र उम्मेदवारहरू सार्वजनिक भइरहेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमध्ये धेरैजसो सिट जित्दै आएको कांग्रेस र एमालेलाई आगामी चुनावको उम्मेदवार तय गर्नेबारे स्वतन्त्र उम्मेदवारी घोषणाले दबाब सिर्जना गरेको छ । 

राजधानी शहरको निर्वाचन क्षेत्र भएकाले पनि राजनीतिक दलहरूका लागि काठमाडौंको चुनाव विशेष महत्त्वको हुन्छ । राजधानीमा निर्वाचनको माहोल आफ्नो पक्षमा बनाउन सके देशभर प्रभाव रहेको ठहर्ने मनोवैज्ञानिक पक्षका कारण पनि दलहरूले राजधानीको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

प्रकाशित मिति: : 2022-06-22 18:35:00

प्रतिकृया दिनुहोस्