ललितपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न कार्ययोजना प्रस्तुत

शनि शाक्य

काठमाडौं

ललितपुर महानगरपालिकामा बढ्दो सवारीसाधनको चापलाई न्यूनीकरण र ट्राफिक व्यवस्थापन गर्न कार्ययोजना प्रस्तुत गरेका छ।

सोमबार आयोजित सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा ललितपुर महानगरपालिकाको भूमिका विषयक कार्यक्रयमा महानगरका मेयर चिरिबाबु महर्जन  र उपमेयर अञ्जली शाक्य बज्राचार्यले कार्ययोजना प्रस्तुत गरेका हुन्। 

उक्त कार्यक्रममा महानगरपालिकामा भएको कामबारे चर्चा गर्दै आउँदो योजनाबारे छलफ गरिएको थियो।

सहरी सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखी सीसीटीभी जडानका लागि जिल्ला प्रहरी जावलाखेलसँग साझेदारी पत्रमा हस्ताक्षर गरिएको मेयरले बताए। जसका लागि दुई करोड रकम बिनियोजन गरिएको छ। 

महानगरले छिट्टै ललितपुर महानगरभित्र  इलेक्ट्रिक बसको सञ्चालन गर्ने, पाँचवटा स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना पनि बनाएको छ।

अस्पताल र स्कुल अगाडि जेब्राक्रसिङगमा संकेत बत्तीको  व्यवस्था गर्ने, पैदल यात्रु हिँड्ने ठाउँका फुटपाथ पसल सञ्चालन गर्न नदिने, साइकल लेनमा सवारी पार्किङ गर्न नदिने, चोक चोकमा टक्सी पार्किङको व्यवस्था गर्नेलगायतको लगायतको योजना पनि महानगरपालिकाले बनाएको छ।

त्यसैगरी नगरभित्र राखिएको दुर्घटना हुन सक्ने ‘स्पीड ब्रेक’ हटाएको छ। 

जावालखेल भोटो देखाउने र मिननाथ रथ राख्ने स्थानमा भएरहेको अव्यवस्थित पाकिङलाई हटाएर आकर्षित बनाइएको छ।

महानगरपालिकाको टाफिक व्यवस्थापनका लागि सपिग मललगायत भवनहरुमा पार्किङ बनाउने योजना छ।

महानगरका अनुसार ‘सफाईको गाडी’ फोहोर आउनुअघि सडकमा राख्न नदिने भएको छ। योसँगै खन्य कार्यहरुको योजनाबारे छलफल भइरहेको महानगरले जनाएको छ।

‘महानगरपालिका भूगोलको हिसाबले सानो भएता पनि यहाँको जनसख्ंया आचक्ली रुपमा बढेको छ, जसले गर्दा पार्किङ अलि कठिनाई भएको छ’ महर्जनले भने, ‘हामीले नगरभित्रका कति ओटा ठाउँलाई ‘वान वो’ गरेका छौँ। त्यसैगरी कतिवटा ठाउँलाई मानिस मात्र हिडँन् मिल्ने गरि समितिमा राखेका छौँ।’

महानगरपालिकाले अब विघुतिय सवारीको बढी माात्रमा प्रयोग गर्ने बबताउँदै उनले भने, ‘अहिले ४ वटा विघुतीय सवारी ‘ई–बस’ लाई हामीले छिट्टै सन्चालनमा ल्याउने तयारीमा छौँ। यदि कुनै मानिस प्लेनमा सवार गरिरहेको छ र कोही उज्यालो स्थान देखियो भने त्यो ललितपुर हाे भन्दा फरक नपर्देन।’  

प्रकाशित मिति: : 2022-06-22 12:05:00

प्रतिकृया दिनुहोस्