पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन्।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्।
आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै उनले क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन्।
स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहनेहरूलाई पार्टीमा स्वागत गर्ने लामिछानेले बताएका छन्।