नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेको अश्लील–हर्कतप्रति पार्टी शीर्ष नेतासँग दुःखेको पोखेका छन्।
महासचिव बेदुराम भुसाल र पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडासँग अध्यक्ष नेपालले आइतबार बेलुकी काेटेश्वरमा बाेलाएर मन्त्री आले बारम्बार विवादमा तानिएर लाजमर्दो गरेको निष्कर्ष निकालेका छन्।
दोस्रोपटक अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएलगतै पार्टी नेताहरूले मन्त्री पदबाट राजीनामा दिन आग्रह गरेपनि उनले टेर्दै–टेरेनन्। बरु उल्टै मन्त्री आले पार्टी अध्यक्ष नेपालको कुरै नसुनी सुर्खेत हुँदै पोखरा पुगे।
पटकपटक आफूलाई भेट्न आग्रह गर्दापनि सम्पर्क बाहिर रहेको अध्यक्ष नेपालले भुसाल र खतिवडासँग गुनासो गरेका छन्। त्याे त महासचिव भुसाल र मन्त्री आले सम्बन्ध चिसिएकाे छ।
‘मन्त्रीबाट फिर्ता बोलाउन खोज्यो कांग्रेस जान तम्सिन्छन्, चुपचाप लाग्यो यस्तो लाजमर्दो छ। हेर्नुहोस् त जताततै हल्लीखल्ली छ,’ अध्यक्ष नेपालले भने।
अर्को हप्तासम्म पुराना मन्त्री तानिएर, नयाँ मन्त्रीले सपथ लिने पनि अध्यक्ष नेपालले दाबी गरेका छन्।
‘आलेका कुरा सुनेर प्रधानमन्त्रीजी तर्सिनुभयो। भए–नभएका कुरा लगाएर हैरान पारेछन्। मैले पार्टीको अडान बताइसकेको छु। ढुक्क हुर्नाेस् छिट्टै सपथ हुन्छ,’ महासचिव र प्रचार विभाग प्रमुखसँग नेपालले काेटेश्वरमा भने।
मन्त्री आलेका पछिल्ला दुई विवादले आफू आजित बनेको गुनासो गरेका छन्।
हप्ता दिनअघि मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई कार्यकक्षमै पुगेर कुटपिट गरेको एउटा अडियो सार्वजनिक भएको थियो।
यसअघि उनले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो बाहिरिएको थियो।
मन्त्री आले नेपाल नेतृत्वको नेकपा (एस)बाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन्। तर उनी अध्यक्ष नेपालभन्दा प्रधानमन्त्री शेरबहादुरसँग झन् निकट रहेको एसका नेताहरू बताउँछन्।