प्रदेश १ काे नामाकरण साउनभित्र हुन्छ : मुख्यमन्त्री राई

तेजन खड्का

उर्लाबारी

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धिमालहरू नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्दै हिजाे राज्यको  विभेदकारी, नीति भएकै कारण आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुबिधाबाट बञ्चित भएको बताएका छन।

माेरङकाे उर्लाबारी– ३ मङ्गलबारेमा आज धिमाल जातिकाे सबैभन्दा ठूलाे पर्व जातिरी, सिरिजातकाे समापन गर्दै उनले साे कुरा बताएका हुन्।

लाेकतान्त्रिक गणतन्त्रमा मात्रै सबै जात धर्म र लिङ्ग भएका नागरिकले राज्यको सुविधा समान रुपमा प्राप्त गर्ने मुख्यमन्त्री राईकाे भनाइ थियो।

राईले आरक्षणकाे व्यवस्था पनि सबै जात जातीलाई अवसरकाे समान उपयोगका लागि गरिएको उल्लेख गरे।

आगामी साउन भित्रमा प्रदेशको नामाकरण हुने राईले बताएका छन्। प्रदेश सरकारले प्रदेशकाे नामाकरण गर्न नसक्ने बताउँदै उनले प्रदेश सभाले सके सहमतिमा नभए बहुमतका आधारमा भए पनि प्रदेशको नाम राखिनेछ। मुख्यमन्त्री राईले बहुमतका आधारमा राखिएको  नाम सबैका लागि उपयुक्त नहुन सक्छ। तर, अब नाम जुराउन प्रदेश सभाले ढिलाे गर्ने छैन।

धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लाेकबहादुर धिमालकाे सभापतित्वमा भएको जातिरि पर्व समापन कार्यक्रममा प्रदेश सभा सदस्य कुलप्रसाद साम्वा लगायतले बाेलेका थिए।

वैशाख २ गते माेरङकाे भाेगटेनीस्थित राजारानी धिमाल ग्रामथानबाट सुरु भएको जातिरि मेला झापा,माेरङ र सुनसरीका १०४ वटा धिमाल टाेलमा मेला लागेपछि अन्त्यमा माेरङकाे उर्लाबारीमा असार २ गते समापन गर्ने गरिन्छ।

प्रकाशित मिति: : 2022-06-16 19:52:00

प्रतिकृया दिनुहोस्