सस्ताे खाना खुवाउन हाैसिएका सुशील भन्छन्– मैले भाेकाे पेट रात कटाए पनि अरूले नपराेस् (भिडियाेसहित)

ममता आचार्य

काठमाडौं

जाे मानिस अभावमा हुर्किएको हुन्छ, त्याे मानिसभित्र अरुको दु:ख बुझ्ने क्षमता हुन्छ। उनीहरू अरूकाे मर्म बुझ्छन्, साथ सहयाेग गर्छन्। संघर्ष र मिहेनतबाट अगाडि बढिरहेकाहरू अरूकाे सफलताकाे सारथी बन्छन्।

दुःख के हो ? त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। संघर्ष के हाे ? मिहेनत गर्नेलाई मात्र थाहा हुन्छ। संघर्ष गर्नेले अरूकाे सम्मान गर्छन्। अहिलेकाे जमानामा भने त्यस्ता मानिस पाउन कठिन छ। तर, काठमाडाैँकाे नयाँ बानेश्वरमा त्यस्ता एक व्यक्ति छन् जसले अरूकाे सफलतामा सारथी बन्ने काेसिस गरिरहेका छन्।

ती व्यक्ति हुन्, सुशील ढुङ्गाना।

नयाँ बानेश्वरकाे व्यस्त सहरमा उनकाे हाेटल छ, साेही हाेटेलका सञ्चालक हुन्, सुशील। उनले यहाँबाट सस्ताेमा मानिसहरूलाई खाना खुवाइ रहेका छन्।

आफनो संघर्ष र अभावका दिनहरुलाई सम्झदैँ र अरुको दु:खलाई बुज्ने सुशीलले ‘सस्तो खाना घर’ नामक होटल सञ्चालन गरिरहेका छन्। उदयपुरमा जन्मेका सुशील हाल काठमाडौँको तिनकुनेमा बस्छन्। सानैदेखि आफू अरुको दु:ख हेर्न नसक्ने र सानैबाट अरुलाई सहयोग गर्दै आएको उनी बताउँछन। होटल व्यवसाय आफ्नाे लागि समाजसेवा भएकाे बताउने उनले इटहरी र काठमाडाैँमा अन्य व्यवसाय गर्छन्। अझ याे भन्दा अघि उनी केही सञ्चार माध्यम आबद्ध थिए।

०००

उदयपुरमा जन्मेका सुशीललाई देशकाे राजधानी काठमाडौँ आउने रहर जाग्याे। वि.सं. २०५८ सालमा १० रूपैयाँ बाेकेर सुरू गरेका थिए उनले राजधानीकाे यात्रा। मनमा रहर खल्तीमा खडेरी, सुरूवाती चरणमा काठमाडाैँमा टिक्न उनले धेरै संघर्ष गर्नु पर्‍याे। ‘सुरूमा काठमाडाैँ आउँदा त धेरै गाह्राे भयाे नि। साथमा पैसा थिए। भाेक लाग्दा खान पनि पाइदैन थियाे,’ उनले बिएल नेपाली सेवासँग बिगत सुनाए।

काठमाडौँमा एकदमै संर्घष गर्नु परेका कारण उनले आफनो दुखका दिनहरु सम्झेर सस्तो खाना खुवाउने हाेटल सञ्चालनमा ल्याएकाे बताउँछन्। अरूलाई पेटभरि खाना खुवाउन पाउँदा आफूलाई एकदमै खुसी लाग्ने उनले बताए।

०००

सस्तो खाना होटलमा एकदमै कम मूल्यमा खाना पाइन्छ। बाहिरी बजारको भाउभन्दा यस सस्तो खाना होटलमा एकदमै सस्तो र मिठो खाना पाइन्छ। फराकिलो ठाउँमा भएको सो होटलमा मानिसको भीड उत्तिकै हुने गर्छ। सो होटलमा खाना, खाजालगायतका परिकारहरु पाइन्छ। सुशीलले हाल १ सय २५ रूपैयाँमा सादा तथा १ सय ५ रूपैयाँमा चिकेन खाना खुवाउँछन्।

सस्तो खाना भएकैँ कारण पनि सो होटलमा खाना खानेको चाप एकदमै बढी हुने गर्दछ। सबै मानिसहरुले खान सक्ने गरी सुलभ भएकाे सुशील बताउँछन्। ‘धेरै मानिसहरु आउने गर्नुहुन्छ, हामीले पनि उहाँहरूलाई राम्राे सुविधा दिएका छाैँ,’ उनले भने।

सस्तो खाना खाँदा यहाँको सरसफाइ के कस्तो हुन्छ होला ? भन्ने प्रश्न धेरैले गर्ने गरेकाे उनी बताउँछन्।

‘यहाँ आएर मानिसहरु सस्तो खाना यस्तो महंगो समयमा कसरी खुवाउनुहुन्छ ? भनेर चासाे राख्नुहुन्छ,’ उनले भने, ‘मलाई केही कुरामा लोभ छैन, म अरुलाई सस्तो मूल्यमा पेटभरि खाना खुवाउन पाउँदा एकदमै खुसी छु। धेरै मानिसहरु आएर मलाई धेरै प्रोत्साहान गर्नुहुन्छ यही मेरो लागि खुसीको कुरा हाे।’

बिहान ९ बजेदेखि राति ९ बजेसम्म खुल्ने सो होटलमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मानिसको भीड समालिन नसक्ने हुन्छ। सञ्चालनमा आएकाे २ महिना पनि पूरा नभएको सो होटल सञ्चालननमा आउँदा राम्रो भइरहेको हुँदा सुशील एकदमै खुसी छन्।

प्रकाशित मिति: : 2022-06-13 20:04:00

प्रतिकृया दिनुहोस्