बन्दुकसम्बन्धी कानुनको माग गर्दै अमेरिकामा प्रदर्शन

photo : reuters
photo : reuters

बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौं प्रदर्शनकारीले अमेरिकाका प्रमुख सहरहरूमा जुलुस निकालेका छन्।

दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो। 

सयौंको संख्यामा र्‍यालीमा सहभागीहरुले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले विरोध प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन्। यसका बाबजुद रिपब्लिकनहरूले कानुनी परिवर्तनको सम्भावनालाई खारेज गर्ने सम्भावना छ।

मे २४ मा टेक्सासको उभाल्देस्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई बयस्कको मृत्यु भएको थियो।

त्यसअघि न्युयोर्कको बफेलोमा आक्रमण हुँदा १० जना मारिएका थिए। एकपछि अर्को ऋंखलाबद्ध हमलापछि अमेरिकामा बन्दुक नियन्त्रणका लागि पुनः आह्वान हुन थालेका छन्। 

शनिबार फ्लोरिडामा सन् २०१८ मा पार्कल्याण्ड स्कूल गोलाबारीबाट बचेकाहरूद्वारा स्थापना गरिएको बन्दुक सुरक्षा समूह मार्च फर अवर लाइभ्सले वाशिंगटन डीसी, न्यूयोर्क, लस एन्जलस र शिकागो लगायत देशभर ४५० ह्याली निकालेको छ।

प्रकाशित मिति: : 2022-06-12 08:10:00

प्रतिकृया दिनुहोस्