म्यान्मार र थाइल्यान्डमा रहेका नेपालीलाई परिचय–पत्र दिन आग्रह

Photo – Tailormadejourney

जन्मियाे, संघर्ष गर्‍याे, दुःख पायाे अनि अकालमै मर्‍याे


गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ।

प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न गएको हो। 

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकारको विषयका साथै म्यान्मार र थाइल्यान्डमा रहेका नेपालीको पहिचानको समस्याबारे अवगत गराएका थिए।


गाँजाको राजधानी बन्दै थाइल्यान्ड, खेतीका लागि हानथाप


उनीहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन्। यसरी नै अध्यक्षद्वयले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषय सम्बोधन भएकोमा आभार प्रकट गरे। 

प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयमा चासो लिँदै त्यस विषयप्रति सरकार सकारात्मक रहेको जानकारी दिएका छन्।

भेटघाटमा उपाध्यक्ष नरेन्द भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसीसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीको सहभागिता थियो।

गैरआवासीय नेपाली संघले १६ जुन २०२२ मा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला आयोजना गर्दैछ।

प्रकाशित मिति: : 2022-06-11 18:44:00

प्रतिकृया दिनुहोस्