सामाजिक सुरक्षा कोषमा साउनबाट नयाँ सुविधा– विशेष सापटीदेखि ७५ लाख 'होम लोन'सम्म

लोकान्तर

काठमाडौं

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले २०७९ साउन १ गतेदेखि जम्मा गरेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउने भएका छन् । 

कोषमा आबद्ध भएर ३ वर्ष योगदान गरेपछि योगदान गरेको कुल रकममध्ये ८० प्रतिशत रकम विशेष सापटीस्वरूप लिन पाइने भएको हो ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता तथा उप-कार्यकारी निर्देशक विवेक पन्थीले आगामी साउन १ गतेदेखि योगदानकर्तालाई विशेष सापटी दिन लागिएको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा यसअघि नै उक्त प्रावधान राखिएको भए पनि कोष सञ्चालन भएको तीन वर्ष पूरा नभएकाले लागू हुन सकेको थिएन ।

प्रकाशित मिति: : 2022-06-09 14:44:00

प्रतिकृया दिनुहोस्