मोही माग्ने ढुंग्रो लुकाउने!
भनिन्छ, राजनीतिक दलको अभावमा लोकतन्त्र फष्टाउन सक्दैन ! दलहरूको कारणले निर्वाचित जनप्रतिनिधि जनताप्रति जवाफदेही, जिम्मेवार र जनउत्तरदायी हुन्छन्।
यो लोकतन्त्रको विश्वव्यापी मान्यता हो। तर नेपालमा भर्खरै सकिएको स्थानीय निर्वाचनको परिणामले यो मान्यतालाई जबर्जस्त चुनौती दिएको छ। दलहरूको मनलाग्दी र जबर्जस्तीविरुद्ध आममतदाताको विद्रोहले स्वतन्त्र उम्मेदवारहरूलाई बिजय माला पहिराइदिएको छ।
के बालेन्द्र साह र हर्क राई साम्पाङको अभूतपूर्व उदयले नयाँ संकेत गरेको हो ? ठूला पार्टीका उम्मेदवारलाई हराएर मतदाताले उनीहरूलाई नेपाली लोकतन्त्रको केजरीवाल आयाम थप्ने अभियान सुरु गरेको हो ? राजनीतिशास्त्रका विद्वान्हरू के भन्छन् ? बुद्धिजीबीहरू के तर्क/वितर्कगरिरहे छन् ?शक्ति र सत्ताको दौराको फेर समातेर बुद्धिजीबी र राजनीतिशास्त्रीको पगरी गुथेकाहरू भने यतिखेर मौनता साँधिरहेका देखिन्छन्।