युक्रेन युद्ध : जेलेन्स्कीको जबरजस्त छवि निर्माण गरी के साबित गर्न खोज्दैछ पश्चिम ?

लोकान्तर

विन्देश दहाल

युक्रेनविरुद्ध रुसले विशेष सैन्य कारवाही चलाएपछि त्यसको सशक्त प्रतिकारको नेतृत्व गरिरहेका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की पश्चिमीहरूको नजरमा सेलेब्रिटी बनेका छन् । 

उनलाई संसारका विभिन्न मुलुकहरूले भिडियो कन्फरेन्समार्फत बोल्नका लागि मञ्च दिइरहेका छन् । अनि बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित पश्चिमका सरकारप्रमुख तथा वरिष्ठ अधिकारीहरू उनलाई भेट्न लाम लागेर राजधानी किएभ पुग्ने गरेका छन् । 

कतिपय विश्लेषकको नजरमा जेलेन्स्कीलाई पश्चिमले ‘धर्मनिरपेक्ष देवता’को हैसियत दिएको छ । उनले बोलेका सबै कुरालाई ईश्वरको सन्देश जस्तो रूपमा लिएर त्यसलाई जस्ताको त्यस्तै स्वीकार गर्ने गरिएको छ । 

प्रकाशित मिति: : 2022-06-08 15:50:00

प्रतिकृया दिनुहोस्