बिएल संवाददाता
चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगर र फूर्वा लामाबीचको विवादलाई लिएर सिक्किमका बाैद्ध धर्म गुरूहरूले आन्दाेलन गर्ने चेतावनी दिएका छन्।
सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलनमा गरी नायिका मगरले माफी नमागेसम्म चलचित्र प्रदर्शन रोक्न माग गरेका हुन्।
नेपालमा लामामाथि फिल्मकी नायिकाले अन्याय गरेकाले सिक्किममा यो फिल्म प्रदर्शन गरे सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्।
यस्तै पिन्त्सोले फिल्ममा अभिनेता दयाहाङ राईले भिक्षुको भूमिका निर्वाह गरेको विषयमा पनि आपत्ति जनाएका छन्। उनले भने,‘यदि फिल्म हलमा रिलिज भएको खण्डमा लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवारी लिन हामी तयार छैनौं।’
गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा चलचित्रको प्रतिकृया लिने क्रममा लामाले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले झापड हानेकी थिइन। दुई दिन प्रहरी हिरासतमा रहेका लामा धरौटीमा छुटेपछि मिरुनासँग कागजी रुपमा माफी मागेका थिए।
तर, यो विवाद माफी मागे पनि अहिलेसम्म सेलाएकाे छैन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया