‘कबड्डी ४’ विवाद : मिरूनाले माफी नमागे सिक्किममा फिल्म चल्न नदिने चेतावनी

फाइल तस्विर
फाइल तस्विर

चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगर र फूर्वा लामाबीचको विवादलाई लिएर सिक्किमका बाैद्ध धर्म गुरूहरूले आन्दाेलन गर्ने चेतावनी दिएका छन्।

सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलनमा गरी नायिका मगरले माफी नमागेसम्म चलचित्र प्रदर्शन रोक्न माग गरेका हुन्।

नेपालमा लामामाथि फिल्मकी नायिकाले अन्याय गरेकाले सिक्किममा यो फिल्म प्रदर्शन गरे सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्।

यस्तै पिन्त्सोले फिल्ममा अभिनेता दयाहाङ राईले भिक्षुको भूमिका निर्वाह गरेको विषयमा पनि आपत्ति जनाएका छन्। उनले भने,‘यदि फिल्म हलमा रिलिज भएको खण्डमा लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवारी लिन हामी तयार छैनौं।’

गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा चलचित्रको प्रतिकृया लिने क्रममा लामाले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले झापड हानेकी थिइन। दुई दिन प्रहरी हिरासतमा रहेका लामा धरौटीमा छुटेपछि मिरुनासँग कागजी रुपमा माफी मागेका थिए।

तर, यो विवाद माफी मागे पनि अहिलेसम्म सेलाएकाे छैन।

प्रकाशित मिति: : 2022-06-06 18:38:00

प्रतिकृया दिनुहोस्