नेपाल-चीन सम्बन्ध: तिब्बती शरणार्थीमाथि नेपाल प्रहरीले किन निगरानी गर्छ?

बिबिसी

काठमाडौं

नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीका कतिपय धार्मिक स्वतन्त्रतामाथि सरकारले अङ्कुश लगाएको धारणा अमेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा उल्लेख गरिएपछि विज्ञहरूले अमेरिकाले नेपालको संवेदनशीलता बुझ्नुपर्ने बताएका छन्।

उक्त प्रतिवेदनमा तिब्बती शरणार्थीका गतिविधि उच्च प्रहरी निगरानीमा रहने गरेको उल्लेख गरिएको छ।

त्यसप्रति प्रतिक्रिया जनाउँदै नेपाल प्रहरीका एक प्रवक्ताले चीनविरोधी गतिविधि र आपराधिक घटनाहरू नियन्त्रणका लागि आफ्नो सङ्गठनले काम गर्ने गरेको बताएका छन्।

केही साता पहिले तिब्बत मामिला संयोजक समेत रहेकी अमेरिकी उपविदेशमन्त्री अज्रा जेयाले काठमाण्डूमा तिब्बती शरणार्थी शिविरहरूको भ्रमण गरेको विषयलाई लिएर सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताहरूले नै संसद्‌मा विरोध गरेका थिए।

प्रकाशित मिति: : 2022-06-05 19:26:00

प्रतिकृया दिनुहोस्