एमालेमा ओलीको आलोचना गर्नै पाइँदैन ? घनश्याम भुसालले के भनेका थिए ? कसरी हुँदैछ कारबाही !

बाह्रखरी

काठमाडौं

घनश्याम भुसाल नेकपा एमालेमा सधैं प्रतिपक्षको भूमिकामा छन् । नेतृत्वको आलोचना, टिकाटिप्पणी गर्नेमा उनी अग्रपंक्तिमै छन् ।

खासगरी केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत रहेर कृषि मन्त्रालयको जिम्मेवारी सम्होलका भुसाल ओलीको प्रखर आलोचक हुन् ।

उनी अहिले पनि वाम एकताको पक्षमा छन् । वाम दलहरुबीचको एकताले नै मुलुकले निकास पाउने उनको धारणा रहन्छ ।

स्थानीय तहको निर्वाचनअघि पनि उनले वाम पार्टीहरुबीच एकता हुनुपर्ने धारणा राख्दै आएका थिए ।  स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि उनै नेता भुसालले नेतृत्वको चर्को आलोचना गरे ।

एमालेको चितवनमा सम्पन्न महाधिवेशनलाई उनले ‘सौराह काण्ड’ भनेका छन् भने केपी शर्मा ओलीले नयाँ कोतपर्वको तयारी गरेको पनि आरोप लगाएका छन् ।

प्रकाशित मिति: : 2022-06-05 18:33:00

प्रतिकृया दिनुहोस्