'सोम बज्राचार्य स्मृति संगीत पुरस्कार'बाट सङ्गीतकार श्रेष्ठ पुरस्कृत

Breaknlinks
Breaknlinks

पोखरेली युवा सांस्कृतिक परिवारले गीत सङ्गीतमा क्रियाशील स्रष्टालाई दुई–दुई वर्षमा प्रदान गर्ने सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७८ बाट यस वर्ष सङ्गीतकार वरिष्ठ तवला बादक श्यामलाल श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ।

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत संगीतका क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील श्यामलाल श्रेष्ठले २०५१ मा रेडियो नेपाल बाट स्वर परिक्षा उत्तिर्ण गरेका थिए।

पोखराका एक पुराना तबला बादक गुरुका रुपमा पनि श्रेष्ठलाइ मानिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साङ्गीतिक कार्यक्रममा होस वा ५० को दशकमा पहिलो पटक पोखरामा खुलेका रात्रीकालीन गीत गजल आदी प्रस्तुत गर्ने संघ संस्थामा उनको महत्वपूर्ण भुमिका रहन्थ्यो। निरन्तर लगाव र महत्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन्।

नेपाली गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरुप सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक एवम् पोयुसांपका सल्लाहकार अनन्द श्रेष्ठले जानकारी दिए।

गायक तथा सङ्गीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी पोयुसांपद्धारा सञ्चालित यो पुरस्कारबाट यस अघि बिमा कुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनिल थापा र कर्ण दास पुरस्कृत भइसकेका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा यही आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-06-03 11:04:00

प्रतिकृया दिनुहोस्