
पैसाको अभावमा स्नातक दोस्रो वर्षको परीक्षा फारम भर्न नसकेका दाङका मुक्त कमलरी छात्राहरुले पछि पैसा बुझाउने गरेर फारम भरेका छन्।
लमही– १ लावाजुनी छात्राबासमा बस्दै आएका ३ जना छात्राहरुले देउखुरी बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय लिएर दोस्रो वर्षमा अध्ययन गरिरहेका छन्।
उनीहरुले पैसा नभएपछि फारम भर्ने मिति भालि (शुक्रबार) सकिँदै गर्दा आज (बिहीबार) पछि पैसा बुझाउने क्याम्पसमा निवेदन लेखेर फारम भरेका हुन।
‘पैसा छैन, भनेपछि पछि आउने छात्राबृत्तिबाट पैसा बुझाउने सहमति गरेर हामीले फारम भर्न लगाएका छौँ,’ क्याम्पस प्रमुख शेरबहादुर गिरीले भने।
यसअघि बिएल नेपाली सेवामा ‘पैसा नभएकै कारण दाङका मुक्त कमलरीले परीक्षा फारम भर्न सकेनन्’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि क्याम्पस प्रशासनदेखि सबै क्षेत्रबाट यस विषयलाई विशेष चासाेका रूपमा लिइएकाे थियाे।
स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्ने तीन जना यी छात्राहरुसहित प्रथम, तेस्रो, चौथा वर्षमा अध्ययन गर्ने १७ जना मुक्त कमलरी छात्राहरुलाई पैसाको अभावमा अध्ययन गर्न निकै समस्या भएकाे छ।
कक्षा १२ सम्म केन्द्रीय सरकारले छात्राबृत्ति दिने र त्यसपछि नदिने भएकाले मुक्तकमलरी छात्राहरुलाई खान, बस्ने र पढ्नसमेत समस्या भइरहेको मुक्त कमलरी विकास मञ्च दाङकी कार्यवहाक अध्यक्ष हरिमाया चौधरीले बताइन।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया