थासाङमा अस्तायाे ताराकाे ४३ वर्षे जहाज (भिडियाे रिपाेर्ट)

Breaknlinks
Breaknlinks

आइतबार बिहान पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको नाइ एन– एइटी ट्वीनअटर जहाज दुर्घटनामा परेर चालक दलका ३ सदस्यसहित २२ जनाको ज्यान गयाे।

मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित सानोसरेको पहाडको खोँचमा टुक्राटुक्रा अवस्थमा भेटिएको जहाजमा सवारमा मृतकको शव मंगरबार दिउँसोसम्म काठमाडौँ ल्याइएको छ।

नेपालमा मानिसको ज्यान जानेगरी चार वर्षपछि भएको यो दुर्घटनाले सबै नेपालीलाई दुखी बनायो, मृतकका सपनाहरु पहाडको खोँचमा पुगेर बिलिन भए, मृतकका परिवारमा ब्रजपात आइलाग्यो। यति एयरलाइन्सले ठूलो क्षति भोग्नु पर्‍यो।

दुर्घटनाबाट धनुषाका एकै परिवारका ७ तथा गोरखाका एकै परिवारका ४ जनाको मृत्यु भयो। वैवाहिक सम्बन्धविच्छेदको अन्तिम तयारीमा रहेका बेला जोमसोम घुम्न निस्किएका भारतीय दम्पती सम्बन्धविच्छेदअघि एक चिहान बने। नेपाल वायुसेवा निगमले होनाहार कर्मचारी गुमायो।

भिडियाे:

प्रकाशित मिति: : 2022-06-01 21:30:00

प्रतिकृया दिनुहोस्