कोरोना प्रभावित होटेलको इजाजत र नविकरणमा सरकारले छुट दिने

file photo
file photo

सरकारले कोरोना महाबारीबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको इजाजत र नविकरणमा छुट दिने जनाएको छ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना प्रभावित क्षेत्रका होटेल र पर्यटनसँग सम्बन्धित व्यवसायको इजाजत र नविकरण गर्दा छुट दिने व्यवस्था मिलाउने जनाए।

यसका साथै पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने सरकारले जनाएको छ। सरकारले आगामी सरकारले आगामी वर्ष १० लाख थप पर्यटक भित्र्याउने लक्ष लिएको छ।

प्रकाशित मिति: : 2022-05-29 17:32:00

प्रतिकृया दिनुहोस्