बाँकेको मदरसामा घटना: शव आफन्तले बुझे, के देखियो सीसीटिभी फुटेजमा?

Breaknlinks
Breaknlinks

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ फुलटेक्रामा रहेको मदरसा फैजाने मदिना विद्यालयमा चक्कु प्रहारबाट मृत्यु भएका कास्की रुपा गाउँपालिका–६ का १६ वर्षीय जामुदिन मियाँको शव आफन्तिले बुझेका छन्।

शनिबार साँझ पोष्टमार्टम पछि शव आफन्तिले बुझेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए। बिहीबार (जेठ १२ गते) मृतक मियाँलाई चक्कु प्रहार भएको थियो। 

साँझ ५ बजे विद्यालयमा मियाँ र सिराह मिर्चैया नगरपालिकाका १२ वर्षीय मोहम्मद आशिक खेल्दै गरेका थिए। सोहि समयमा चक्कु रोपिएर मियाँ गम्भीर घाइते भएका थिए।

लगत्तै उनको उपचार गर्न लखनउ लगिएको थियो। लखनउ पुर्‍याइए पनि मियाँको शुक्रबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले घटनाका बारेमा दुई पनिपछि आज शनिबार विहान मात्र थाहा पाएको थियो। 

विद्यालयको सीसीटिभी फुटेजमा के देखियो? 

आज विहान घटनाको बारेमा थाहा पाएको बाँके प्रहरीले अनुसन्धान गरिहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए। 

'घटना भएको थाहा पाएपछि हामीले सीसीटिभि फुटेज पनि हेर्‍यौ, फुजेटमा चक्कु रोपिएको देखिन्छ' उनले भने। 

सीसीटिभी फुटेजमा मृतक मियाँ र आशिकबीच झगडा भएको जस्तो देखिने न्यौपानेले बताए। 

'फुटेजमा दुई जनाबीच छातिले धकेला धकेल गरेको देखिन्छ,' उनले भने, 'त्यतिकैमा मियाँको छातिमा चक्कु रोपिएको र रगत बगेको देखिन्छ।' 

ती दुई जनासँगै घटनाका क्रममा अन्य ५–७ जना पनि देखिएको न्यौपानेले जानकारी दिए। 

उनले चक्कु आफै रोपिएको हो कि प्रहार भएको हो भन्ने विषयमा अनुसन्धान पछि मात्र खुल्ने बताए।

पीडित पक्षले शव बुझेको र अब जाहेरी दिएपछि घटनाका सम्बन्धनमा थप अनुसन्धान अघि बढ्ने उनको भनाई छ। विद्यालय प्रशासन भने यस विषयमा केही पनि बोल्न मानेको छैन।

प्रकाशित मिति: : 2022-05-28 19:30:00

प्रतिकृया दिनुहोस्