इन्शा वाडू अर्थात् ‘कश्मीरको म्याराथन गर्ल’

सन् २००८ तिर १५ वर्षीया इन्शा वाडूकाे तौल ८२ केजी थियो। उनकाे उमेर र वजन सामान्य थिएन। दिनदिनै ताैल बढिरहेकाे देख्दा वाडू चिन्तित थिइन्। त्यसाे त उनकी आमा तस्लीमाले अत्याधिक तौलबाट बच्न नियमित हिँड्न उत्प्रेरित गरी नै रहिन्।

आमा सल्लाहअनुसार दौडने र साइकल चलाउने जोशको विकासमा लागिन्, वाडू। अन्ततः स्थानीयमाझ 'कश्मीरको म्याराथन गर्ल'को रूपमा प्रख्यात भइन्। कसैले त उनलाई 'कश्मीरको पीटी उषा' भनेर पनि बोलाउँछन्।

श्रीनगरको रैनावारीको हसीभाट क्षेत्रकी इन्शाले सरकारी महिला कलेज एमए रोडबाट गृह विज्ञानमा बीएससी र शारीरिक शिक्षा कलेज गन्देरबलबाट बीपी एड गरेकी छन्। 

उनले ‘द रन क्लब फाउन्डेसन’ टीआरसी चण्डीगढबाट व्यावसायिक दौडमा एक वर्षको प्रशिक्षण कोर्स पनि पूरा गरिन्। श्रीनगरको जीडी गोयन्का स्कूलमा शारीरिक शिक्षा शिक्षकको रूपमा काम गरेकाे बताउँछिन्, उनी।

अहिले युवा सेवा तथा खेलकुद विभागमा रहबर–ए–खेल योजनाअन्तर्गत शारीरिक शिक्षा शिक्षिकाका रूपमा आफ्नो सेवा प्रदान गरिरहेकी छन्।

'अक्टोबर २०१९ मा शारीरिक शिक्षा शिक्षकको रूपमा युवा सेवा तथा खेलकुद विभागमा रहबेर–ए–खेल अन्तर्गत मासिक ३ हजार र जीएमएस सईदा कादलमा तैनाथ गरिएको छ,’ उनी भन्छिन् । 

एकताका वाडूले आफ्नी आमाको इच्छा पूरा गर्ने निर्णय गर्छिन। र स्थानीय स्पोर्ट्स क्लब (फट सिटी क्लब) मा सामेल हुन्छिन्। लगतै पछाडि फर्केर हेरेकी छैनन्, उनी।

उनी भन्छिन्, ‘मोटो भएकाले ८२ केजी तौल भएकाले आमाले मलाई नियमित हिँड्न बाहिर निस्कन आग्रह गर्नुहुन्थ्यो। उहाँको लगातार जिद्दीपछि म रैनवारीको बदामवारी गएँ र नियमित हिँड्न थालेँ।’

उनलाई त्यहाँ अभ्यास गर्ने विभिन्न क्लबका पेशेवर खेलाडीहरूले प्रोत्साहन दिएकाे स्मरण गर्छिन्। तीन महिनाको निरन्तर प्रशिक्षण पछि केही क्यालोरीहरू जलाउनको लागि उनी सन् २००९ मा पुलवामामा भएको म्याराथनमा भाग लिन गइन्। उनले त्यहाँ १० किलोमिटर म्याराथनमा भाग लिइन्, जहाँ उनी १४ औं स्थानमा पुगिन्। त्यसपछि उनी दौडमा असफल भएपछि धेरै आलोचना पनि खेप्नुपरेको थियो।

तरपनि उनले आफ्नो अभ्यास छोडिनन्।

सन् २०१० मा उनले शाहीन खेलकुद सिन्डिकेटद्वारा आयोजित आफ्नो पहिलो १० किमी श्रीनगर म्याराथन जितिन्। सन् २०११ मा उनले श्रीनगर म्याराथनको अर्को संस्करण पनि जितिन्।

सन् २०२० मा उनले ५० किलोमिटर पहलगाम साइक्लोथनमा पहिलो स्थान हासिल गरिन र २०२१ मा बारामुल्लादेखि उरीको लाइन अफ कन्ट्रोल–एलओसीमा रहेको कमन पोस्टसम्म ७५ किलोमिटर साइकल यात्रामा दोस्रो स्थान हासिल गरिन्। जेकेपीद्वारा हालै सम्पन्न खुल्ला वर्गमा शान्ति म्याराथन प्रतियोगीतामा उनले तेस्रो स्थान हासिल गरिन्।

यस्ता कैयन प्रतियोगिताहरू जितेकी वाडू आज जम्मु कश्मिरकी चेली र विश्वका लागि एक उदहारण भएकी छन्।

उनले आफ्नो प्रशिक्षण तालिका साप्ताहिक आधारमा विभाजित गरेकी छन्। मंगलबार उनले ७ किलोमिटर, बुधबार जिममा स्ट्रेन्थ एण्ड इन्ड्युरेन्स ट्रेनिङ, बिहीबार माथिल्लो–डाउनहिल तालिम (माथिल्लो तला) विशेष गरी दुई ठाउँमा मखदूम साहिब, शुक्रबार ४ किलोमिटर, शनिबार ७ किलोमिटर हल्का कसरत र आइतबार २४ किलोमिटर दौडिने गर्छिन्।

२६ वर्षको उमेरमा इन्शा, अहिले एक पेशेवर म्याराथनर  र उनको ४९ केजी तौल छ र जीवनमा धेरै अगाडि छन्। उनले विद्यालयका विद्यार्थीहरूलाई एथलेटिक्स, साइक्लिङ, भलिबल, खो–खो र अन्य खेलहरूमा तालिम दिन्छिन्।

प्रकाशित मिति: : 2022-05-28 08:50:00

प्रतिकृया दिनुहोस्