बालेन साहकाे प्रतिबद्धता– काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु

काठमाडौं महानगरपालिकामा विजय भए पछि बालेन साहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा विजयी र्‍याली सुरु गरेका छन्।

राष्ट्रियसभाबाट सुरु भएको विजय र्‍यालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन्।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेनले मुलुकको राजधानीमा विजयी हासिल गरेका हुन्।

विजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

विजय र्‍याली जारी छ। तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन्।

प्रकाशित मिति: : 2022-05-27 10:28:00

प्रतिकृया दिनुहोस्