तुलसीपुरका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथग्रहण

दाङको तुलसीपुर उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

नगरप्रमुख टिकाराम खड्कालाई मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराए।

मुख्य निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेपछि प्रमुख खड्काले नगर उपप्रमुख स्यानी चौधरीसहित १९ वटा वडाका वडाध्यक्ष र सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

मुख्य निर्वाचन अधिकृत कार्यालय घोराहीमा पुगेर गोपनीयता सपथ ग्रहण गरी नगर प्रमुख खड्काले नेत्रलाललाई सम्झिएका थिए।

साथै घोराहीको मेन रोडमा रहेको सहिद नेत्रलालको शालिकमा मेयर खड्काले माल्यार्पन गरेका थिए।

सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्य कोमल वली, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, एमाले दाङका सचिव मनोहर बुढाथोकीलगायतको सहभागिता रहेको थियो।

यसअघि दाङका ९ पालिकाका प्रमुखसहित उपप्रमुख वडाध्यक्ष र वडा सदस्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेका छन्। तुलसीपुरमा भने १७ नं वडामा जेठ ३ गतेमात्र मतदान भएपछि ढिला गरि मत गणना हुँदा आज सपथ ग्रहण भएको हो।

प्रकाशित मिति: : 2022-05-26 14:25:00

प्रतिकृया दिनुहोस्