चुनावअघि ओलीको त्यो ‘हुँकार’, पुगेका धेरैजसो ठाउँमै पराजित !

बाह्रखरी

कुञ्जरमणि भट्टराई

स्थानीय चुनाव सार्नका लागि सत्ता गठबन्धनका नेताहरु छलफल गरिहेका छन् भन्ने आरोप लगाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी देश दौडाहामा निस्किइसकेका थिए । 

उनले वैशाखको ९ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने विषयमा आफूलाई प्रस्ताव पठाएको मतदानकै दिनमा खुलासा गरेका थिए ।

तर त्यसलाई सत्ता गठबन्धनले जवाफ दिइसकेको छ । 

सत्ता गठबन्धनलाई ‘ठगबन्धन’ नाम दिँदै ओली आफ्नो पार्टी पहिलो बन्ने आफ्नो दाबीमा जनतालाई ढुक्क पार्ने प्रयासमा थिए ।

यतिसम्म कि ओलीले पार्टी प्रवेश गर्नेको ओइरो लागेको कारण आफूले समय मिलाउन नसकेको भनेर पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै भनेका थिए । 

प्रकाशित मिति: : 2022-05-26 11:38:00

प्रतिकृया दिनुहोस्