जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ।
टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन्। आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन्।
लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ।
‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अम्रिन भाटलाई उनको घरमा गोली हानेका थिए। उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो। अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ।
युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।