अमेरिकाको टेक्सास घटनामा मारिनेको संख्या २१ पुग्यो, सुरू भयो 'बन्दुक' राजनीति

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाको टेक्सस राज्यको युभाल्डीस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा ज्यान जानेको संख्या २१ पुगेको छ। राज्यका गभर्नर ग्रेग याबटका अनुसार मारिनेमा १९ विद्यार्थी र दुई वयस्क रहेका छन्। 

घटना रब एलिमेन्ट्री स्कूलमा मंगलबार दिउँसो घटेको हो। यो स्कूलमा ७ देखि १० वर्षका  करिव ५०० बालबालिका पढ्ने  गर्छन्। 

आक्रमणकारी १८ वर्षीय साल्भाडोर रामोस पनि सुरक्षाकर्मीको आक्रमणमा मारिएका छन्। उनी आफ्नी हजुरआमासँग बस्दै आएका थिए । आक्रमण गर्नुअघि उनले आफ्नी हजुरआमालाई गोली प्रहार गरी घाइते बनाएका थिए । गम्भीर अवस्थामा रहेकी उनको स्थानीय अस्पतालमा उपचार भैरहेको जनाइएको छ। 

यो घटनापछि अमेरिकामा शोक र रोषको माहौल छाएको छ । राष्ट्रपति बाइडनले बन्दुक नियन्त्रणका लागि आह्वान गर्दै धेरै मानिस प्रभावित हुनेगरी हुने गोली प्रहारका घटनाका कारण आफू दिक्क भएको बाएका छन्। उनले शोक मनाउन तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

यो घटनापछि अमेरिकामा शोक र रोषको माहौल छाएको छ । राष्ट्रपति बाइडनले बन्दुक नियन्त्रणका लागि आह्वान गर्दै धेरै मानिस प्रभावित हुनेगरी हुने गोली प्रहारका घटनाका कारण आफू दिक्क भएको बाएका छन्। उनले शोक मनाउन तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

उता, घटनालाई लिएर टेक्सासको स्थानीय राजनीति तातिएको छ। रिपब्लिकन गभर्नर ग्रेग याबटले यो घटनालाई रिपब्लिकनहरूले यसअघि भनेजस्तै मानसिक समस्याको उपज भनेका छन्। तर, डेमोक्रेेट पार्टीका गभर्नर उम्मेद्वार बेटो ओरूर्कले भने यसका लागि गभर्नर याबटको बन्दुक नीति जिम्मेवार रहेको आरोप लगाएका छन्। उनले  गभर्नरले आयोजना गरेको प्रेस सम्मेलनमै गएर गभर्नरको बन्दुक नीतिको बिरोध गर्का छन्। उनलाई पछि सुरक्षाकर्मीहरूले बाहिर लगेका थिए।  

अमेरिकाका विद्यालयहरू बन्दुकधारीहरुको आक्रमणको निशानामा पर्दै आएका छन्। यस वर्षको पहिलो ५ महिनामा मात्र अमेरिकाका विद्यालयमा यस्ता २७ घटना भैसकेका छन्। 

प्रकाशित मिति: : 2022-05-26 02:43:00

प्रतिकृया दिनुहोस्