१८ वर्षे किशाेरद्वारा अन्धाधुन्ध फायरिङ, दर्जनाैं स्कूले बालबालिकाको मृत्यु

बिएल संवाददाता

डल्लास, अमेरिका
Getty Images
Getty Images

अमेरिकी एक १८ वर्षिय किशाेर साल्भाडोर रामोसले टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १९ जना स्कूले बालबालिका मारिएका छन्।

घटना मंगलबार अपरान्ह १२: १७ बजे युभाल्ड़ीस्थित रोब प्राथमिक बिद्यालयमा भएको हो। यस विद्यालयमा दुईदेखि चार कक्षासम्मको पढाइ हुन्छ। मारिनुअघि ती बालबालिकाहरूले गर्मी विदा मनाउने तयारी गरिरहेका थिए। 

यसैबीच आक्रमणकारी १८ वर्षे रामोस पनि मारिएका  छन्। बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नुअघि आफ्नै हजुरआमालाई पनि गोली प्रहार गरेको जनाइएको छ। तर, उनी भने बाँच्न सफल भएकी छन्। 

केही वर्षयता अमेरिकी विद्यालय मास सुटिङको निशाना बन्दै आएको छ। यस वर्ष मात्र २७ यस्ता घटना विद्यालयमा भैसकेका छन्।


अमेरिकामा अर्को 'मास सुटिङ', १८ नानीबाबुसहित १९ जनाकाे गयाे ज्यान

प्रकाशित मिति: : 2022-05-25 05:31:00

प्रतिकृया दिनुहोस्