अमेरिकामा अर्को 'मास सुटिङ', १८ नानीबाबुसहित २१ जनाकाे ज्यान गयाे

बिएल संवाददाता

डल्लास, अमेरिका

अमेरिकाको टेक्सासस्थित स–साना नानीबाबुहरू पढ्ने एक इलेमेन्ट्री स्कूलमा भएको बन्दुक आक्रमणमा १८ जना बालवालिका मारिएका छन्। मारिनेमा एक शिक्षक पनि रहेका छन्।

घटना मंगलबार अपरान्ह १२: १७ बजे युभाल्ड़ीस्थित रोब प्राथमिक बिद्यालयमा भएको हो। यस विद्यालयमा दुईदेखि चार कक्षासम्मको पढाइ हुन्छ। 

यसैबीच आक्रमणकारी १८ वर्षिय साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ। 

अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा  भएको बन्दुक आक्रमणमा १८ विद्यार्थी र एक शिक्षकसहित २१ जना मारिएका छन्। अमेरिकाका विद्यालयमा यो वर्ष मात्र भएको यो  २८ औं मास सुटिङ हो। 

बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ। तर, उनी भने बाँच्न सफल भएकी छिन्। 

यसैबीच यस घटनालाई लिएर अमेरिकामा तिब्र रोष प्रकट गरिएको छ। सिनेटमा कनेक्टिकटका सिनेटर क्रिस मर्फीले रोषपूर्वक प्रश्न गरे, ' आखिर अमेरिकामा मात्र किन यस्तो हुन्छ? ' उनले बाराम्बार हामी यहाँ के गरिरहेका छौं भन्दै अगाडि भने, ' हामी हाम्रा नानीबाबुलाई बचाउन सक्दैनौ भने हामी अमेरिकी बाबुआमा हुनुको गौरव कसरी गर्न सक्छौं ? '

केही वर्षयता अमेरिकी विद्यालय मास सुटिङको निशाना बन्दै आएको छ। यस वर्ष मात्र २७ यस्ता घटना विद्यालयमा भैसकेका छन्।


– अपडेट

प्रकाशित मिति: : 2022-05-25 05:07:00

प्रतिकृया दिनुहोस्