चुनावी परिणामभित्र लुकेका सन्देश

चुनाव भयो, राम्रो भयो। तर चुनाव हुनु मात्र सबै कुरा होइन, चुनाव जे प्रयोजनका लागि गरियो त्यो प्रयोजनसिद्ध हुनुपर्छ। चुनावबाट छानिएका जनप्रतिनिधिबाट जनअपेक्षा पूरा हुनुपर्छ।

अनलाइनखबर

डा. टीकाराम पोखरेल

बोल्नुमा भन्दा कहिलेकाहीं चुपचाप बस्नुमा ठूलो शक्ति हुन्छ । हिंसाभन्दा अहिंसाको कैयौं गुणा बढी शक्ति हुन्छ भनेर गान्धीले त्यसै भनेका होइनन् । धैर्यका अगाडि धेरै अधीर शक्ति हारेका छन् ।

मौनताको सन्देश पनि यस्तै हो, जुन बोल्नुभन्दा धेरै शक्तिशाली हुन्छ । स्थानीय तहको चुनाव सम्पन्न भइसक्दा पनि चुनावका बारेमा खासगरी राजनीतिक दलहरूले स्पष्ट मुख खोलेका छैनन् । गैरदलीय उम्मेदवारहरू त झनै अलमलमा देखिन्छन् । तर मौनताका बीच पनि केही चुनावी सन्देश आकलन गरिएका छन् ।

यतिबेला स्थानीय तहको निर्वाचन, २०७९ सकिएर परिणाम पनि अन्तिम चरणतिर पुगेको छ । काठमाडौं, धरान, धनगढीलगायत केही महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा स्वतन्त्र भन्ने गरिएका गैरदलीय उम्मेदवारहरू प्रमुखमा विजयी भएका छन् । दलबाट विद्रोह गरी कानुनी रूपमा स्वतन्त्र भए पनि बोलीचालीमा बागी भनिएकाहरूले पनि धेरै स्थानमा विजयको झण्डा फहराएका छन् । यद्यपि बागीभन्दा गैरदलीय स्वतन्त्र भनिएका उम्मेदवार चाहिं चर्चाको शिखरमा रहेका छन् ।

प्रकाशित मिति: : 2022-05-24 13:47:00

प्रतिकृया दिनुहोस्