धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।
धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मेयर साम्पाङको शपथ ग्रहण कार्यक्रम इनरुवामा हुनेछ।
मेयरलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत कैलाश सुवेदीले साढे १० बजे शपथ ग्रहण गराउनेछन्।
प्रमुख निर्वाचन अधिकृतले शपथ ग्रहण गराएर धरान आइसकेपछि मेयर साम्पाङले धरानमा उपमेयरसहित सबै निर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।
निर्वाचन अधिकृतले निर्वाचित जनप्रतिनिधहरुलाई इनरुवाबाट फर्केपछि प्रमाणपत्र वितरण गरेर शपथ ग्रहण अरू निर्वाचित जनप्रतिनिधिहरूलाई गराइने अधिकृत पुष्करराज नेपालले बताए।