‘एमाले सम्हालिएर अघि बढेकाे छ, आगामी निर्वाचन जित्ने रोडम्याप बनाउँछ’

बाँकेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई ठूलो धक्का लाग्यो। २०७४ सालको निर्वाचनमा धेरै वडासहित कोहलपुर नगरपालिका, खजुरा, जानकी, बैजनाथ गाउँपालिका जितेकोमा अहिले भने सबै स्थानीय तह गुमाएको छ। कुनै पनि स्थानिय तह जित्न सकेन।

वडामा भने जित हासिल गरेको छ। एमालेले खजुरा, कोहलपुर, बैजनाथल जस्ता प्रभाव क्षेत्र गुमाएको छ। २०७४ मा शून्य रहेको माओवादी केन्द्रले यसपटक कांग्रेससंग गठबन्धन गरेर खजुरामा जितेको छ भने सबैभन्दा धेरै फाइदा नेपाली कांग्रेसलाई भएको छ।

उसले बिगतमा नेपालगन्ज,कोहलपुरमा उपमेयर सहित डुडुवा र राप्तिसोनारी जितेको थियो भने यसपटक , जानकी,कोहलपुर,बैजनाथ जितेको छ।

जनता समाजवादी पार्टीको पनि सफल भएको छ। उसले नरैनापुरमा जितलाई यथावत राखेर नेपालगन्जमा कांग्रेससंग गठबन्धन गरी उपमेयर सहित छ वडा जितेको छ। नेपालगञ्जउपमहानगर जितेको राप्रपा भने वडामै सिमित भएको छ।

बाँकेमा निर्वाचन हार्नुको कारण एमालेले खोतल्दै छ। एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी भन्छन्–‘कहाँ–कहाँ त्रुटी भयो, हामी खोज्छौं।’

एमाले उपाध्यक्ष बिसीले स्थानीय तह निर्वाचनमा सफलता प्राप्त गर्न नसक्नुका कारण पहिचान गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा जित्ने रणनीति तय गर्ने बताए।

बिसी भन्छन्, ‘एमालेका नेता कार्यकर्ताले अनेक चोट बेहोर्दा पनि सम्हालिएर अघि बढेको इतिहास र वर्तमान छ। हामी बाँकेमा पनि सम्हालिँदै, आगामी निर्वाचन जित्ने गरी अघि बढ्छौं।’

प्रकाशित मिति: : 2022-05-23 12:52:00

प्रतिकृया दिनुहोस्