विजय जुलुस मनाउन हिँडेका काँग्रेसले अपशब्द बाेलेर स्थानीयलाई जिस्काएपछि भयाे झडप

महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ। महागढीमाई नगरपालिका- २ स्थित ईनर्वाटोलमा झडप भएको हो।

कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्रप्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो।

जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास फायर गरिएको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया लगिएको उनले बताए।

झडपमा प्रहरी सहायक निरीक्षक मनोज साहसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटना आइतबार भएको हो।

प्रकाशित मिति: : 2022-05-23 07:27:00

प्रतिकृया दिनुहोस्