डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

File photo
File photo

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा  नेकपा एमाले विजय भएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका रामलखन मलाह र उपप्रमुखमा उम्मेदवारी दिएकी मीराकुमारी यादव विजयी भएका हुन्।

मलाहले ५ हजार ८५४ मत प्राप्त गरि विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३९६ मत प्राप्त गरे।
उपप्रमुखमा एमालेकै मीरा कुमारी यादवले ६ हजार १९७ मत प्राप्त गरि विजय भए।

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दुकुमारी यादवले ५ हजार २०९ मत प्राप्त गरिन्।
 

प्रकाशित मिति: : 2022-05-22 16:32:00

प्रतिकृया दिनुहोस्