ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गरेका छन्।
६३ हजार ८३६ मत गन्दा महर्जनले ३५ हजार ३७४ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण ब्यन्जनकारले १८ हजार ८८६ मत ल्याएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ३ हजार १५६ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १८ हजार ३०९ र माओवादीका बाबुराज बज्राचार्यले १३ हजार ४७२ ल्याएका छन्।