कोभिड १९ ले सिकाएको एउटा पाठः घरभित्रको वायु कत्तिको शुद्ध छ?

नागरिक दैनिक

अच्युत कोइराला

के हाम्रो घरमा आँखीझ्याल पर्याप्त छन्? तिनबाट हावा आवतजावत गर्ने राम्रो व्यवस्था छ? वैज्ञानिकहरूले पछिल्लो समय गरेको वृहत् अध्ययनले देखाएको छ–कोभिड १९ फैलिनबाट रोक्नका लागि भेन्टिलेटरको निकै राम्रो व्यवस्था हुनु आवश्यक छ।

हुन त यो अध्ययन कोभिड १९ को सन्दर्भमा गरिएको वृहत् अध्ययन हो तर यस अध्ययनले आउँदा दिनमा मुख बाएर बसेका नयाँनयाँ महामारीका बेला नयाँ तरिकाले सचेत रहन झक्झक्याएको छ।

कोभिड १९ फैलँदै गर्दा वैज्ञानिकहरू आश्चर्यमा परेका थिए। यो नयाँ रोग थियो। कसरी फैलन्छ, कसैलाई थाहा थिएन। तर केही समयभित्रै थाहा भयो–कोभिड फैलने माध्यम हावा हो। तर कति नजिक वा कति टाढाका मानिसहरू यसबाट सङ्क्रमित होलान् त? कसैलाई थाहा थिएन।

पछि अध्ययनबाट थाहा भयो, यो नाक वा मुखबाट फेरिने श्वासबाट पनि सर्छ। सर्न त सर्छ तर कति टाढासम्म यसरी फेरिएको श्वासले सङ्क्रमित तुल्याउला त? यसबारे अझै अनुसन्धान बाँकी थियो। हामीले गर्ने हाछ्युँ, खोकी वा कुराकानी गर्दा निस्किएका र्‍याल वा थुकबाट पनि यो रोग सर्ने पत्ता लगाइयो। यस्तो अवस्थामा ६ फिट टाढै बस्न पनि सुझाइयो। यसका बाबजुद रोग सर्ने क्रम रोकिएन। र, अर्को मुख्य कारकचाहिँ हाम्रो घर वा कोठामा हुने हावाको शुद्धता पनि हुने तथ्य प्रकाशमा आयो।

प्रकाशित मिति: : 2022-05-21 14:23:00

प्रतिकृया दिनुहोस्