घटाउनुपर्छ व्यक्तिगत आयमा लाग्ने करको दर

आफूले कमाएको आम्दानीको ठूलो हिस्सा करबापत राज्यलाई तिर्नुपर्ने व्यवस्थाले व्यक्तिलाई मिहिनेत गरी बढी पैसा कमाउन निरुत्साहित गर्छ

नयाँ पत्रिका दैनिक

युगादि लुइँटेल

अहिले नेपालमा व्यक्तिगत आयमा लाग्ने करको दर सार्क मुलुकमध्येकै उच्च छ । नेपालको अहिलेको अधिकतम करको दर ३६ प्रतिशत हो ।

जबकि यस्तो अधिकतम करको दर पाकिस्तानमा ३५ प्रतिशत , भारत, बंगलादेश र भुटानमा ३० प्रतिशत, अफगानिस्तानमा २० प्रतिशत, श्रीलंकामा १८ प्रतिशत र माल्दिभ्समा १५ प्रतिशत छ । सामान्यतया व्यक्तिगत आयमा प्रगतिशील करको सिद्धान्त प्रयोग गरिन्छ । कम आय हुनेले कम कर र बढी आय हुनेले बढी कर तिर्नुपर्ने अवधारणालाई प्रगतिशील कर भनिन्छ ।

नेपालले पनि व्यक्तिगत आयका हकमा यही अवधारणा लागू गरेको छ । आयको सीमाअनुसार पाँचवटा दर कायम गरेको छ । यस्ता करका दर हरेक वर्षको बजेट भाषणमार्फत निर्धारण गरिन्छ । आव ०७५/७६ मा अर्थमन्त्री युवराज खतिवडाको पालामा परिवर्तन गरिएको यस्तो करको दर त्यसपछि भने परिवर्तन भएको छैन । आव ०७६/७७ मा एक प्रतिशत कर लाग्ने आयको सीमा पचास हजार रुपैयाँले बढाइए पनि करका दरमा कुनै परिवर्तन गरिएन ।

हाल प्रचलित करका दर एक प्रतिशत , १० प्रतिशत, २० प्रतिशत, ३० प्रतिशत र ३६ प्रतिशत रहेका छन् । यस्तो कर प्रणालीले आयको असमानता कम गर्न मद्दत पुग्ने विश्वास गरिन्छ । कम आय छ भने थोरै र बढी आय छ भने बढी कर तिर्दा करपछि व्यक्तिको हातमा पर्ने आयको भिन्नता कम हुन जान्छ ।

प्रकाशित मिति: : 2022-05-20 15:15:00

प्रतिकृया दिनुहोस्