फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न गठित समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ।
अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न सिफारिस गरेको हो।