गुजरातमाथि बैंगलोरको जित, बैंगलोरकाे प्लेअफ सम्भावना कायम

Photo by SAMUEL RAJKUMAR / Sportzpics for IPL
Photo by SAMUEL RAJKUMAR / Sportzpics for IPL

गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ।

बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो।

बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए। गुजरातका राशिद खानले २ विकेट लिए।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो। गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन बनाए। बैंगलोरका जोश हाजलउडले २ विकेट लिए।

जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ। शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक छ।

जारी लिगमा गुजरात र लखनउ सुपर जायन्ट प्लेअफमा स्थान बनाइसकेका छन्।

प्रकाशित मिति: : 2022-05-20 07:03:00

प्रतिकृया दिनुहोस्