गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि

file photo
file photo

गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ। 

प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्।

विहिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ। 

बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रश्तुत हुनुपर्छ।

प्रकाशित मिति: : 2022-05-19 20:44:00

प्रतिकृया दिनुहोस्