स्थानीय निर्वाचनको आंशिक समीक्षा

बाह्रखरी

कुलचन्द्र वाग्ले

स्थानीय तहको मत परिणाम घोषित हुने क्रम जारी छ र पचास प्रतिशतभन्दा बढी तहको मत परिणाम सार्वजनिक पनि भइसकेको छ। सार्वजनिक परिणामसँगै विभिन्न कोणबाट समीक्षासमेत सुरु भएको छ । 

गणनाको यही शैली कायम रहे बाक्लो जनघनत्व र लाखभन्दा माथि मतदाता रहेका ठूला नगरको परिणाम सुन्न अरु दुई चार दिन पर्खनुपर्ने देखिएको छ । यसैले समीक्षाको पूर्ण पाटो पनि बाँकी नै रहन्छ । तैपनि, दलहरुले त्यस्ता तहमा लिएको अग्रताको आधारमा केही अनुमानित विश्लेषण थालिएको छ । यद्यपि, अहिलेको अग्रताको तस्बिरमा केही फेरबदल हुने सम्भावनालाई पनि पन्छाउन सकिँदैन । 

स्थानीय तहको चुनाव सम्पन्न भयो । समीक्षाको सबैभन्दा गहन आधार यही हो । वर्तमान संविधानको क्रियाशीलतापछि स्थानीय तहमा भएको दोस्रो निर्वाचन पनि नेपाली कांग्रेस नेतृत्वको सरकारले सम्पन्न गरेको छ । पहिलो निर्वाचन पनि कांग्रेस नेतृत्वकै सरकारले गराएको थियो । त्यतिबेला सबै तहको निर्वाचनमा कांग्रेसले  अनपेक्षित पराजय भोगेको हो । 

प्रकाशित मिति: : 2022-05-19 16:12:00

प्रतिकृया दिनुहोस्