पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी 

पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ। वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ।

त्यही घटनालाई लिएर एमालेका उम्मेदवार र नेताहरुले नाराबाजी गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-18 16:07:00

प्रतिकृया दिनुहोस्