माध्यमिक शिक्षक परीक्षाको नतिजाका सन्देश

माध्यमिक तहको शिक्षक परीक्षाको नतिजाले देशको शैक्षिक गुणस्तर सोचेभन्दा निकै कमजोर छ भन्ने सन्देश दिएको छ

नयाँ पत्रिका दैनिक

हरिप्रसाद लम्साल
https://nayapatrikadaily.com/news-details/86814/2022-05-18

शिक्षक सेवा आयोगद्वारा गत चैतमा सञ्चालित माध्यमिक तह खुलातर्फको पहिलो चरणको शिक्षक परीक्षामा लगभग १२ प्रतिशत मात्र उत्तीर्ण भए ।

यो नतिजा राष्ट्रिय औसत हो । एकातिर राष्ट्रिय औसत नतिजा आफैँमा कमजोर छ भने अर्कातिर यही कमजोर नतिजाभित्र पनि भूगोल तथा समूहगत रूपमा थुप्रै असमानता हुन सक्छन्, जुन बाहिर आएको छैन् । यस्तो नतिजा अहिले मात्र आएको भने होइन ।

०७६ को माध्यमिक तह शिक्षण अनुमतिपत्र (लाइसेन्स) परीक्षामा पनि लगभग पाँच प्रतिशतजति मात्र परीक्षार्थी उत्तीर्ण भए । प्रश्न यहीँबाट सुरु हुन्छ । यी दुवै परीक्षामा उस्तै–उस्तै नतिजा आउनु के संयोग मात्र हो ? कतै हाम्रो शैक्षिक प्रणाली नै कमजोर बन्दै गइरहेको त छैन ? कतै शैक्षिक प्रमाणपत्र कागजको पाना मात्र बनिरहेको त छैन ? कतै हाम्रो शैक्षिक प्रमाणपत्र बेबारिसे बिस्कुन बन्दै त छैन ?

प्रकाशित मिति: : 2022-05-18 15:29:00

प्रतिकृया दिनुहोस्