रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठबिसकोटकाे मेयरमा रवि केसी र उपमेयरमा धनकुमारी शाही विजयी भएका हुन्।
माओवादी केन्द्रका उम्मेदवार केसी ७ हजार ३९९ मत प्राप्त गरेर विजयी भएका हुन्। यसैगरी उपमेयरमा माओवादीकी शाही ७ हजार २६७ मतका साथ विजयी भएकी छन्।
मेयर उम्मेदवार केसीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत पाएका छन् भने एमालेका उम्मेदवार कृष्णा कुमारी मल्लले १९९ मत पाएकी छन्।