नेकपा (एमाले)काा अध्यक्ष केपी शर्मा ओलीकाे गृहजिल्ला झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन विजयी भएका छन्।
लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन्। लिङ्देनले एमालेका डम्बर गिरीलाई पराजित गरे। उनले ४६ सय ६६ मत ल्याएका छन्।
त्यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी हुन्। उनले एमालेकी शान्तिदेवी गौतमलाई हराइन्। मैनालीले ५ हजार ७८ मत ल्याउँदा गौतमले ४१ सय ६ मत मात्र ल्याइन्।
यसअघि राप्रपाले काठमाडौको शंकरापुरमा जितेको थियो। हल्दीबारी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका पनि हो।