स्वर्गद्वारीको मेयरमा भण्डारी, उपमेयरमा राना विजयी

Breaknlinks
Breaknlinks

प्युठानको स्वर्गद्वारी नगरपालिकाको मेयर तथा उपमेयरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएको छ।

नगरपालिकाको मेयरपदमा गठबन्धनका साझा उम्मेदवार टेकप्रसाद भण्डारी ७७२६ मत प्रप्त गरी विजय भएका हुन्। भने, उनको प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद श्रेष्ठ  ५१५२ मत लिएर पराजित भएका हुन्। उनीहरूको २५७४ मतको अन्तर रहेको छ। 

उपमेयरमा गठबन्धन कै उम्मेदवार मिनराज रानाले ७३६९ मत लिएर विजयी भएका छन। भने, एमालेकी गौरी बरापाते ५०२६ मत लिएर पराजित भएको छ। उनीहरूको २३४३ मतको अन्तर रहेको छ।

मेयर पदमा राप्रपाका उम्मेदवार झईन्द्र खड्काले ६१ मत लिएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार बिरबहादुर पुन ६३, गिरूप्रसाद भुसाल ६७, र बसन्त बहादुर सिंह १२ मत लिएका छन।

उपमेयरमा स्वतन्त्र उम्मेरदवारी  दिएका ओविराम घर्ति मगरले ३१ मत लिएका छन।

गठबन्धन प्यानलले ६ वटा ( १,२'४'५'६'८ ) वडा अध्यक्ष पदमा आफ्नो  जित हातपारेको छ, भने नेकपा एमालेले २ वटा (३'९ )वडामा जित हासिल गरेको छ, त्यस्तै स्वतन्त्र उम्मेदवारले ७ नम्बरको वडामा आफ्नो जित सुनिश्र्चित गरेको हो।

स्वर्गद्वारी नगरपालिकामा गठबन्धन तिमले भारी मतले विजय भएको छ। गत २०७४ को निर्वाचनमा नेकपा एमालेले मेयर उपमेयर जित हासिल गरेको थियो। हाल निर्वाचित मेयर टेक प्रसाद भण्डारी गत २०७४ को निर्वाचनमा पराजित भएका हुन। 

भने उपमेयरमा निर्वाचित मिनराज राना गत चुनावमा वडा नम्बर २ को वडा अध्यक्ष मा निर्वाचित भै काम गरिसकेका छन।

प्रकाशित मिति: : 2022-05-17 08:47:00

प्रतिकृया दिनुहोस्